काठमाण्डाै – प्रतिनिधि तथा प्रदेशसभाको चुनाव सकिएपछि पहिलो दिन खुलेको सेयर बजार ओर्लिएको छ । परिसूचक नेप्से ७.१३ अंक घटेर १९२९ अंकमा कायम भएको छ ।
कुल १ अर्ब ३५ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार खुलेको १५ मिनेटमै बढेर नेप्से १९६० अंकसम्म पुगे पनि त्यसपछि बन्द हुँदासम्मै ओरालो लाग्यो ।
कुल ५२ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ उपसमूह १, जीवन बीमा २ अंक बढ्यो । विकास बैंक ४९, फाइनान्स ५, होटल २६, जलविद्युत् १४, उत्पादन ४४, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २५, अन्य २१ र व्यापार उपसमूह ७ अंक घटे । जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ तथा खप्तड लघुवित्तको ४ प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ५.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल बैंक, रिडी पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप क्रमश: अगाडि रहे ।







