काठमाडौं – नेपाल राष्ट्र बैंकको अनुसार आइतबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्च गर्नु पर्ने भएको छ।
शुक्रबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ ६७ पैसा पुगेको छ। त्यो रेडकर्डलाई तोड्दै आइतबार डलरको भाउले अर्को रेकर्ड बनाएको हो।
पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। आइतबार नेपाली रुपैयाँ इतिहासकै सबेभन्दा कमजोर बनेको छ।