काठमाडौं – आज नेप्से ४.२९ अंक घटेर १९७३.०१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२४ स्टकको २१ हजार ४७१ पटकको कारोबारमा ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशत बढेको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रु रु जलविद्युत परियोजनाको शेयरमूल्य यस दिन सर्वाधिक ६.५५ घटेको छ। त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको ३ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नबिल बैंकको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत घटेको छ। त्यसैगरी, म्युचुअल फण्डको ०.९२ प्रतिशत, वित्तको ०.५९ प्रतिशत र लगानीको ०.५० प्रतिशत घटेको छ।







