काठमाडौं – आज नेप्से १.०८ अंक घटेर १९७२.२९ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।नेप्से ओरालो लागेपनि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार १ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन २२५ स्टकको २९ हजार १६२ पटकको कारोबारमा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ बराबरको ३९ लाख ५५ हजा। कित्ता शेयर कारोबार भएको छ।
नेप्से ओरालो लागेपनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो इन्स्योरेन्सको शेयरमूल्य ३७ रुपैयाँ बढेर ४०७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, अपर हेवाखोलाको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने महुली लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १० प्रतिशत शेयरमूल्य बढेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशत घटेको छ।







