काठमाडौं- सेयर बजारमा सामान्य सुधार भएको छ । तीजको दिन बजार २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा बन्द भएको हो ।
कारोबारको अधिकांश समय सकारात्मक रहेको बजारमा अन्तिम प्रहरमा बिक्रेता हावी भएका थिए तर पुनः बन्द हुने बेलामा नेप्से सकारात्मक नै रहन सफल भयो । आज करिब १ अर्ब रुपैयाँको मात्र टर्नओभर भएको छ ।
अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशतले बढेको छ भने इमर्जिङ नेपालको ३.३४ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ३.३० प्रतिशत, ओरियन्टल होटलको ३.२६ प्रतिशत र हिमालयन पावर पार्टनरको २.५७ प्रतिशतले बढेको छ।
यता विन नेपाल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेको छ भने मल्टिपर्पस फाइनान्सको ३.४३ प्रतिशत,समता घरेलु लघुवित्तको ३.२५ प्रतिशत,सामलिङ्ग पावरको २.९९ प्रतिशत र रुरु जलविद्युतको २.८२ प्रतिशतले घटेको छ।
आज १३ मध्ये ७ समूह सकारात्मक बनेका छन् । २२६ कम्पनीको २९ लाख १४ हजारभन्दा भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९ करोड ५७ लाख रुपैयाँसहित खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एलआइसी नेपाल र नबिल बैंक परेका छन् ।







