काठमाडौं – आइतबार नेप्से सूचक ३३.३६ अंकले घटेर १९८९.२७ विन्दुमा झरेको छ। पछिल्लो तीन कारोबार दिनमानै नेप्से सूचक ६८ अंकले घटिसकेको हो । १४ दिनसम्म २ हजारको विन्दुमा कारोबार भएको नेप्से आइतबार सो विन्दुभन्दा तल झरेको छ ।
आइतबार बजारमा बिक्री चाप बढ्दा कारोबार रकम पनि २ अर्ब माथि पुगेको छ। २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर कारोबार भएको छ।
आज ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत,मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ।
यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने अपर हेवाखोला जलविद्युतको ७.०३ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ६.७७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत र बलेफी हाइड्रोपावरको ६.२९ प्रतिशतले घटेको छ।
आइतबार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ७ करोड १५ लाख, अपि पावरको ६ करोड २२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड १९ लाख र रिडि पावरको ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।







