काठमाडौं – बुधबार सुरुमा बजार केहि बढेको भए पनि पुनः झरेर अघिल्लो दिनकै हाराहारीमा पुगेको छ।
बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ विन्दुमा पुगेको छ भने १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको ३६ लाख ७९ हजार ७०५ रुपैयाँमा खरिदबिक्री भएको छ। केहि दिन यता कारोबार रकम पनि निकै सुस्ताएको छ।
गत ११ दिनदेखि शेयर बजार २ हजारकै लेभलमा छ। पछिल्लो समय साइडवेजमा रहेको बजारले अझै गति लिन भने सकेको छैन्। यसले गर्दा लगानीकर्ता पनि पर्खर हेरको अवस्थामा छन्।
बुधबार मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशत, सिन्धु विकास बैंकको ४.६२ प्रतिशत र अपर सोलु हाइड्रोपावरको ३.९९ प्रतिशतले बढेको छ।
यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ भने एनएलजी इन्स्योरेन्सको २.३१ प्रतिशत, सामुदायिक लघुवित्तको २ प्रतिशतले घटेको छ।
बुधबार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका शेयर कारोबार भएको छ भने अपि पावरको ८ करोड ८ लाख, रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख, नेपाल लाइफको ४ रोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ६ उपसमूहको सूचक नकारात्मक छन्। बुधबार व्यापार उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।







