काठमाडौ- आज नेप्से सूचक ०.३६ अंकले घटेर २०४०.७१ विन्दुमा झरेको छ। घट्दो क्रममा रहेको शेयर बजार बुधबार भने सम्हालिन खोजेको देखिन्छ। कारोबार रकम पनि केहि खुम्चिएको छ। बुधबार १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर कारोबार भएको छ।
आइएपीओ जारी गरेर भर्खरै सूचीकृत भएका श्वेतगँगा हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रोपावरको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स र दोर्दिखोला हाइड्रोपावको पनि सर्किट लेभलमा कारोबार भएको छ।
यता सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.१४ प्रतिशतले घटेको छ भने मनकामना लघुवित्तको ५.०५ प्रतिशत, सिंगटी हाइड्रोपावर ३.६४ प्रतिशत र सबैको लघुवित्तको शेयरमूल्य ३.२५ प्रतिशतले घटेको छ।
बुधबार पनि रिडी हाइड्रोपावरको सबैभन्दा धेरै १८ करोड १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ६ करोड ९० लाख, नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसि फाइएनान्सको ३ करोड ६५ लाख र नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।







