Monday, April 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

तीन पटक मूल्य घटेर आउँदा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने

Tuesday, August 16, 2022
पेट्रोलियम पदार्थमा स्वचालित मूल्यसमायोजन प्रणाली कार्यन्वयन नहुने : निगम
1.1k
VIEWS
Website Development Website Development Website Development

काठमाडौं –  भारतीय आयल कर्पोरेसन (आईओसी) ले तीन पटक मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगमपेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएकाे छ ।

मंगलबार पत्रकार सम्मेलन गरी निगम अझै घाटामा भएकाले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य नघटाउने निर्णय गरेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निगमका महानिर्देशक उमेशप्रसाद थानीले निगमको घाटा पूर्ति नभएसम्म यो मूल्य यथावत राखिने बताए । अहिलेको मूल्यमा बेच्दा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७४ पैसा नाफामा भए पनि डिजेल भने ४ रुपैयाँ ५० पैसा घाटामा रहेको उनको भनाइ छ ।

त्यस्तै एलपीजी ग्यासमा प्रति सिलिण्डर करिब ५०० रुपैयाँ घाटा रहेको पनि थानीको भनाइ छ । हवाई इन्धन र ग्यासमा भने नाफा नै रहेको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकबाट निगमले तीन महिनाका लागि टेकुको जग्गा धितो राखेर तीन अर्ब रुपैयाँ ऋण लिएको छ ।

Order Cake Order Cake Order Cake

त्यस्तै सरकारबाट पाँच वर्षका लागि ५ प्रतिशत ब्याजमा ७ अर्ब रुपैयाँ ऋण लिएको र त्यसको किस्ता ६–६ महिनामा भुक्तानी गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

उक्त ऋणको ब्याज भुक्तानी भने प्रत्येक महिना गर्नुपर्ने सम्झौता रहेको छ । यसरी भुक्तानी गर्न सरकारबाट सहुलीयत नपाइनुका साथै अनुदान पनि नदिएकाले झनै ठूलो समस्या परेको निगमका नायब निर्देशक नागेन्द्र साहले बताए ।

आईओसीलाई निगमले २३ अर्ब रुपैयाँ बक्यौता तिर्न नसक्दा त्यसको ब्याज तिर्नुपर्ने बाध्यता रहेको पनि साहले जानकारी दिए । निगमले चार महिनादेखि आईओसीलाई सम्झौताअनुसार बक्यौता रकम तिर्न नसकेको पनि उनले जानकारी दिए । अहिले पनि मासिक निगमले १४ करोड रुपैयाँ ब्याज तिर्नुपर्ने बाध्यता रहेको महानिर्देशक थानीले बताए ।

केही समय अगाडि निगमको बक्यौता ३१ अर्ब रहेको र पहिले समायोजन भएर आएको मूल्य समायोजन नगर्दा यो बीचमा बक्यौता रकम घटाउन सफल भएर २३ अर्बमा झारिएको बताए । थानीले सरकार, राष्ट्रिय वाणिज्य बैंक र आईओसीलाई तिर्नुपर्ने बक्यौतासहित निगमको कूल ऋण ३३ अर्ब रहेको बताए ।

“हाल पनि निगम ३३ अर्ब रुपैयाँ ऋणमा छ । आईओसीबाट मूल्य घटेर आएपछि सबैले पेट्रोलियम पदार्थका मूल्य घटाउन दबाब दिन्छन् । तर हाम्रो घाटा कसैले हेर्दैनन्,” उनले भने, “यो घाटा पुर्ताल भएपछि मूल्य समायोजन हुन्छ । अहिले मूल्य घट्दैन ।”

पहिले मूल्य बढेर आउँदा राजनीतिक दबाबले मूल्य समायोजन हुन नसक्दा अहिलेको समस्या झेल्नुपरेको थानीको भनाइ छ । स्थानीय चुनाव ताका सरकारले पेट्रोलमा १० रुपैयाँ मूल्य घटाउने निर्णय ग-यो । त्यसले गर्दा निगमलाई एक अर्ब रुपैयाँ घाटा भएको महानिर्देशक थानीले बताए ।

“मन्त्रिस्तरीय निर्णय कार्यान्वयन गर्दा हामीलाई एक अर्ब रुपैयाँ घाटा भएको थियो,” उनले भने ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै आएपछि पहिलेको घाटा पूर्ति गर्न कठिन हुँदा तत्काल मूल्य समायोजन नहुने उनले जानकरी दिए ।

Comments
Share
46
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki