काठमाडौं- केहि दिन अघिदेखि घट्न थालेको शेयर बजार शुक्रबार पनि १.६१ प्रतिशतले घटेको छ।
शुक्रबार नेप्से सूचक ३४.६१ अंकले घटेर २११३.५५ विन्दुमा झरेको छ भने दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ कित्ता शेयर कारोबार भएको छ।
शुक्रबार बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेपनि शेयर बजारमा त्यसले सकारात्मक प्रभाव पार्न सकेन।
शुक्रबार कारोबारमा आएका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेको छ।
यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशतले बढेको छ भने उपकार लघुवित्तको ३.१४ प्रतिशत, कालिका लघुवित्तको ३.१० प्रतिशत र बलेफि हाइड्रोपावरको २.५९ प्रतिशतले बढेको छ।
यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.१८ प्रतिशतले घटेको छ भने गुह्वेश्वरी फाइनान्सको ६.४२ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ६.३७ प्रतिशत र सामलिङ्ग पावरको ५.६९ प्रतिशतले घटेको छ।
शुक्रबार शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै १५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १४ करोड १४ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ६४ लाख र अपि पावरको ५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।







