Sunday, May 31, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

चिनियाँ पर्यटकको आगमनमा बृद्दीसँगै पर्यटन व्यवसायमा उत्साह

Friday, August 5, 2022
चिनियाँ पर्यटकको आगमनमा बृद्दीसँगै पर्यटन व्यवसायमा उत्साह
1.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौं-  नेपालमा कोभिड–१९ महामारीसँगै ठप्प हुन पुगेको पर्यटन व्यवसायमा सक्रियता बढेसँगै चिनियाँ पर्यटकको आगमनमा बृद्दी आएको छ । पछिल्लो समय उत्साहजनक ढंगले चिनियाँ पर्यटकहरु नेपाल भित्रिन थालेको पाइएको छ । गत जुलाईमा जुनको तुलनामा २५० प्रतिशतभन्दा धेरैले चिनियाँ पर्यटकको आगमन बढेको तथ्यांक सार्वजनिक भएको हो ।

गएको जुनमा ४५१ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । जुलाईमा बढेर १ हजार ५९३ पुगेको छ । यसपालि जुलाईको आगमन कोरोना महामारी शुरू हुनुअघिको जुलाईको तुलनामा भने ८५ दशमलव ३ प्रतिशतले कम हो । सन् २०१९ को जुलाईमा १० हजार ८०८ चिनियाँ नेपाल आएका थिए ।

चीनले कोरोना संक्रमण रोक्नका लागि गरेको बन्दाबन्दी खुकुलो गर्न थालेसँगै चिनियाँहरू विदेश भ्रमणमा निस्कन थालेका हुन् । यद्यपि चीनका केही शहरहरूमा अझै बन्दाबन्दी कायम छ ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको दक्षिणी पर्यटकीय शहर सान्या, नोवेल कोरोना भाइरसको उद्गमस्थल वुहानलगायतमा बन्दाबन्दी कायमै छ।
तर, लगभग सबै चिनियाँले कोरोनाविरुद्ध खोप लगाइसकेकाले यो बन्दाबन्दी शुरूताकाको जस्तो कठोर भने छैन । नेपालमा चिनियाँ र भारतीय पर्यटकको आगमनलाई अर्थपूर्ण मानिन्छ । पर्यटन क्षेत्रको दिगो प्रगतिका लागि भारतीय र चिनियाँ पर्यटकले अरूले भन्दा बढी योगदान गर्ने यस क्षेत्रका व्यवसायी बताउँछन् ।

Order Cake Order Cake Order Cake

चीन र भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएका मुलुक हुन् । चीनको जनसंख्या १ अर्ब ४० करोड हाराहारी छ । नेपाल आउन भिसा नचाहिने भारतको जनसंख्या पनि चीनकै हाराहारीमा रहेको छ । यी दुवै मुलुकका नागरिक वर्षेनि करोडौंको संख्यामा विदेश घुम्न निस्कन्छन् । भारत र चीनबाट विदेश घुम्न निस्कनेको सानो अंश मात्रै नेपाल ल्याउन सके पनि नेपाली पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्ने बताइन्छ ।

कतिपय जानकारहरू त भारतीय र चिनियाँ पर्यटक ल्याउन सके अन्य मुलुकका नआए पनि फरक नपर्ने बताउँछन् ।

चिनियाँ र भारतीय पर्यटकका लागि नेपाल नजिकको र कम खर्चिलो गन्तव्य पनि हो । यी दुवै मुलुकबाट खर्चालु पर्यटक पनि उल्लेख्य संख्यामा विदेश घुम्न जान्छन् ।
नेपालमा आउने पर्यटक सबैभन्दा धेरै भारतीय हुन्छन् । दोस्रोमा चिनियाँ पर्छन् । तर, कोरोना भाइरससँगै चीनबाट आउने पर्यटकको संख्या न्यून देखिन थालेको थियो । यसपालि जुलाईमा आगमन संख्यामा उल्लेख्य सुधार देखिएसँगै अब चिनियाँ पर्यटक नेपालमा आउने क्रम बढ्ने व्यवसायीहरूको आकलन छ ।

 

Comments
Share
163
Shares

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki