काठमाडौं – आज पनि नेप्से सूचकमा करेक्सन देखिएको छ। बढ्दो क्रममा रहेको बजार मंगलबारदेखि सामान्य करेक्सन देखिएको छ।
नेप्से सूचक ६.१७ अंकले घटेर २१८६.७७ विन्दुमा झरेको छ भने कारोबार रकममा भने केहि सुधार देखिएको छ। बुधबार ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर कारोबार भएको छ।
यस दिन सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत, समृद्धि फाइनान्सको ८.७६ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ६.७९ प्रतिशत बढेको छ।
यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको ३.४३ प्रतिशत, बोटलर्स नेपालको ३.३८ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.९६ प्रतिशतले घटेको छ।
यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ६३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ३३ लाख रुपैयाँ र यसनाइटेड इदी मर्दी हाइड्रोपावरको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
बुधबारको बजारमा व्यापार र जलविद्युत कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ।







