काठमाण्डौं – सेयर बजार मंगलबार सामान्य दबाबमा परेको छ । आज नेप्से सूचकमा २.८१ अंकको झिनो गिरावट आएर सूचक २१९३.४३ विन्दुमा अडिएको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २१७० विन्दुसम्म झरेको नेप्से सूचक अन्तिम समयमा पुनः बढेर २१९३ विन्दुमा पुगेर बन्द भएको हो ।आज कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब बढीको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर कारोबार भएको छ।
यो बेलालाई सेयर बजारको सिजनका रुपमा चिनिन्छ । करिब ४४ प्रतिशत घटेको बजार अहिले रिकोभरको चरणमा रहेको छ । १० महिना अवधिमा ३२ सयबाट सूचक १८ सय हाराहारीमा आउँदा सेयर भाउ निकै सस्तो भएको थियो।
विन्दवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ९.९८ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ८.५३ प्रतिशतले बढेको छ।
यता राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२४ प्रतिशतले घटेको छ भने किसान लघुवित्तको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.६४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ३.३८ प्रतिशतले घटेको छ।
मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्सको ९ करोड २४ लाख र गुडविल फाइनान्सको ९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।







