काठमाडौं- साताको पहिलो दिन नेप्सेले सकारात्मक सन्देश दिएको छ ।सेयर बजार सूचक नेप्सेमा काराबार रकमले पनि क्रमशः नयाँ उचाई लिंदै गएको छ । आज नेप्से सूचक ५४.५८ अंकले बढेर २१९५.१० अंकमा आइपुगेको छ । ४ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज खरिदबिक्री रकम पनि क्रमशः वृद्धि हुँदै गएको छ ।
२२० कम्पनीको १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । फाइनान्सबाहेक बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । दुवै बिमा समूहमा ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । २१ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एसियन लाइफ इन्सुरेन्स परेका छन् ।







