काठमाडौं- बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकाे भेटवार्तामा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः बहाली दिने बिषयमा सहमति भएको छ ।
शर्मालाईआजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरू हेरफेर गराएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानविन गर्न बनेकाे संसदीय छानबिन समितिले नै सफाइ दिएपछि उनकाे पुन: बहाली हुन लागेकाे हाे।







