Monday, April 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

विदेशबाटअसारमा मात्रै डेढ खर्ब रुपैयाँभन्दा बढीको आयात

Monday, July 25, 2022
भदौ १४ सम्म १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता
784
VIEWS
Website Development Website Development Website Development

काठमाण्डाै – सरकारले आयात नियन्त्रण गर्ने भने पनि असारमा मात्रै विदेशबाट डेढ खर्ब रुपैयाँभन्दा बढीको वस्तु भित्रिएको छ ।

भन्सार विभागकाअनुसार असारमा १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको छ । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो ।

सरकारले वैशाखमा १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तर वैशाखमा भन्दा जेठ र असारमा आयात बढेको छ । वैशाखमा १ खर्ब ३७ अर्ब रुपैयाँको आयात भएको थियो ।

Order Cake Order Cake Order Cake

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । यस अवधिमा ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको छ । यस्तै १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल तथा ७३ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न, ५२ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी आयात भएको छ ।

गएको आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएकोमा यस वर्ष दुई खर्ब रुपैयाँको हाराहारीमा निर्यात भएको छ । निर्यात बढेको देखिए पनि मासिक रुपको तथ्याङ्क हेर्ने हो भने निरन्तर खस्किँदै गएको छ । मंसिरसम्म मासिक २० अर्ब रुपैयाँको दरले निर्यात भएकोमा त्यसपछिका महिनाहरूमा निर्यात घट्दै गएको छ ।

भटमास, पाम र सूर्यमुखीको प्रशाेधित तेल, गलैँचा, धागो र ऊनी नेपालबाट निर्यात हुने गरेको छ । एक वर्षको अवधिमा ४५ अर्ब ३५ करोड रुपैयाँको भटमासको तेल र ३७ अर्ब ९४ करोड रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यस्तै ७ अर्ब ७१ करोड रुपैयाँको उनी गलैँचा, ५ अर्ब ७६ करोड रुपैयाँको तयारी कपडा र ५ अर्ब २१ करोड रुपैयाँको जुटका बुनिएका कपडा पनि निर्यात भएका छन् । अत्यावश्यक वस्तु मात्रै नभइ विलासिताका वस्तुको उच्च आयात तथा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले व्यापार घाटा बढेको छ । व्यापार घाटा बढेर १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ ।

आर्थिक वर्ष ०७८/७९ मा व्यापार घाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँको थियो।

Comments
Share
750
Shares

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki