काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।
तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेको हो । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments
Share







