काठमाडौं- आज नेप्से १८.०३ अंकले बढेर २ हजार ०२९.४३ विन्दुमा बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोड २९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिभम् सिमेन्टको भएको छ। यसको आज ९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटा उपसूचक मध्ये म्याचुअल फण्ड र व्यापार उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा बरुण हाइड्रोपावर र इमर्जिङ्ग नेपालका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, सानिमा लार्ज क्याप फण्ड र कुमारी इक्युटि फण्डका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।







