काठमाडौं – शुक्रबार नेप्से ७.९३ अंकले बढेको छ। अघिल्लो दिन समेत नेप्से परिसूचक १४.७१ अंकले बढेको थियो। केही दिनयता सेयर बजार दिनहुँ बढिरहेको छ।
शुक्रबार जम्मा दुई घण्टा बजार खुल्दा कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ कामय भएको छ। आज २३१ किसिमका धितोपत्र तथा ऋणपत्रको कुल ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ११२ वटाको मूल्य बढेको छ भने ११० वटाको मूल्य घटेको छ। आज ग्रीनलाइफ हाइड्रोपावर लिमिटेको सबैभन्दा धेरै ५.३१ प्रतिशतले मूल्य घटेको हो।
आजको कारोबारमा अपर नेपाल इन्भेष्टमेन्ट ऋणपत्र २०८२, माछापुच्छ्रे बैंक ऋणपत्र २०८५ र सानिमा बैंक ऋणपत्र २०८५ को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यि तिनवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको हो।
नेपाल इन्भेष्टमेन्ट ऋणपत्र २०८२ को सेयर मूल्य ९६ रुपैयाँ ४० पैसाले बढेर १ हजार ६० रुपैयाँ ६० पैसा पुगेको छ। यस्तै, माछापुच्छ्रे बैंक ऋणपत्र २०८५को सेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँ २० पैसाले बढेर १ हजार ५८ रुपैयाँ ५० पैसा र सानिमा बैंक ऋणपत्र २०८५ को सेयर मूल्य प्रति कित्ता ९३ रुपैयाँले बढेर १ हजार २५ रुपैयाँ पुगेको छ ।







