काठमाडौं- आज नेप्से ५९.५२ अंकले बढेर १ हजार ९८६.८२ विन्दुमा पुगेकाे हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यसको आज ९ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ। आजको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्रका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।







