काठमाडौं – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बिक्री शुरु भएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो।
यसअघि प्रभावितलाई छुट्टाइएको सेयर बिक्री नभएको ३७ हजार ६३२ कित्ता सहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो।
यसमध्ये ५% अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म सेयर भर्न पाइनेछ। यसको बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल र सह बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेका छन् ।







