काठमाडौंं – हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ ।
कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म १९ करोड ६८ लाख २५ हजार कित्ता सेयरका लागि आवेदन माग गरेको थियो । आवेदन दिएकामध्ये १ लाख ८३ हजार ४७ जनाले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो ।
यहाँ यो लिंक खोलेर https://iporesult.cdsc.com.np/ नतिजा हेर्नसक्नुहुनेछ ।
Comments
Share







