काठमाडौं- शेयर बजार शुक्रबार १९ सय अंकमा झरेको छ । करिब एक वर्षदेखि लगातार घटिरहेको शेयर बजार शुक्रबार ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा झरेको छ । गत वर्ष भदौमा ३२ सय अंक नजिक पुगेको शेयर बजार चालू आवको मौद्रिक नीतिपछि निरन्तर घटिरहेको छ ।
बजार घटेसँगै कारोबार रकमसमेत जम्मा १ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ ।
शुक्रबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये २१७ वटाको कारोबार भएकोमा २१ कम्पनीको २.८२ प्रतिशतसम्मले बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा बढी ५.४४ प्रतिशतले हिमालयन ऊर्जा विकासको शेयर मूल्य घटेको छ । शेयर बजारमा आज शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यको कारोबार भएको छ ।







