काठमाडौं- साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ४६.०८ अंकले घटेर २ हजार ३०.५९ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९६ करोड ८४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा सानिमा बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ सय ६८ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : अरुण काबेली पावर र सिभम् सिमेन्टको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा दुई कम्पनीका सेयरधनीले अधिकतम कमाएका छन्। सिवाईसी नेपाल लघुवित्त र न्यादी ग्रुप पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, घलेम्दी हाइड्रो र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले अधिकतम गुमाएको छ।







