काठमाडौं – सोमबार नेप्से परिसूचक ९.७५ अंकले घटेर २ हजार ७६.६७ विन्दुमा पुगेको छ। सोमबार सूचक घटेपनि कारोबार रकमको सपोर्ट देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ३४ करोड ९२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको १७ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ८ सय २६ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र एसियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सीवाईसी नेपाल लघुवित्त र न्यादी ग्रुपका लगानीकर्ताले कमाएका छन्। यस्तै, ग्लोबल आइएमइ बैंकका ऋणपत्र र युनियन हाइड्रोपावरका लगानीकर्ताले अधिकतम गुमाएको छ।







