काठमाण्डाै – नेप्से सूचक २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा अडिएको छ । कारोबार अवधिभर बजारले निश्चित गति लिन सकेन । सूचक छिनछिनमा तलमाथि गर्नेक्रम जारी रह्यो । २ दिन बढेको बजारबाट नाफा बुक गर्नेहरु सक्रिय हुँदा बजार केही अस्थिर बनेको हो ।
सोमवार बजार घटे पनि सीवाईसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य ९.१५ देखि ९.९९ प्रतिशतसम्मले बढेको छ । अरू थप ३१ कम्पनीको शेयर मूल्य ०.०५ प्रतिशतदेखि ६.०७ प्रतिशतसम्मले बढेको छ । बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार १९३३.१३ बिन्दुमा झरेको छ ।
सोमवार उन्नति सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ । अरू १९३ कम्पनीको शेयर मूल्य भने ०.०१ देखि ७.७९ प्रतिशतसम्मले घटेको छ ।
सोमवार २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयरको ४३ हजार १२२ पटक कारोबार भएको छ । यसबाट २ अर्ब ४ करोड रूपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढी मूल्यको शेयर कारोबार गर्नेमा नागरिक लगानी कोष छ । यसको आज १६४७ पटकको कारोबारबाट १५ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ ।







