काठमाडौं- शुक्रबार नेप्से सूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा आएको छ । २ घन्टामै १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आन्दोलनरत लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच पुँजी बजारका समस्या समाधान गर्ने सहमति भएपछि बजारमा केही सकारात्मक माहोल देखिएको हो । अब बजार सुधारका काम अघि बढ्छ भन्ने सकारात्मक मनोबल लगानीकर्तामा पैदा भएको छ ।
२२३ कम्पनीको ३५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । कारोबार रकममा ८ करोड ६३ लाख रुपैयाँभन्दा बढीसहित कुमारी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र लक्ष्मी बैंक परेका छन् ।







