काठमाडौं- पुँजी बजार सुधारको माग गर्दै आन्दोलनरत सेयर लगानीकर्ताहरूले शनिबार प्रदर्शन गरेका छन् ।
आफूहरूले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरूले ललितपुरको खुलमटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयनजिकै र्यालीसहित प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरूले ‘पुँजी बजारको सुधार र विकास रोक्न पाइँदैन’, ‘नेप्सेको पुनःसंरचना गर’, ‘धित्तोपत्र बोर्डलाई स्वयत्त बनाऔँ’लगायत नारा लगाएका थिए ।पुँजी बजार सुधारको मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला चार दिनयता आमरण अनशनमा छन् ।







