काठमाडौं – नेप्से दिनहुँ दोहोरो अंकले घट्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा आएको छ । झन्डै डेढ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । बजार घटिरहँदा पनि २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
२२९ कम्पनीको ४१ लाख ८२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेप्सेका सबै समूह घटेका छन् । १२ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र बैंक अफ काठमान्डू परेका छन् ।







