काठमाडौं – मंगलबार शेयर बजारले २ हजारको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल झरेको छ । अब नेप्से १९ सयको लेबलमा झरेको छ । नेप्से सूचक ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा आएको हो । यसआधारमा अघिल्लो बुलको उच्चतम विन्दुभन्दा नेप्से करिब १ सय १५ अंकजति मात्र माथि छ । अघिल्लो बुलमा नेप्सेले १८८१ को उच्चतम विन्दु बनाएर त्यसपछि तल झरेको थियो । मंगलबार १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
लगानीकर्ताको मनोबल उच्च बनाउन नसक्दासम्म बजारले गति लिन सक्ने अवस्था छैन । गलत नीतिका कारण करिब १० महिनायता नेप्से लगातारजसो घटिरहेको छ । लगानीकर्ताले बजार पुँजीकरणलाई आधार मान्दा करिब १५ खर्ब रुपैयाँ गुमाएका छन् । नेप्से सूचक झन्डै १२ सय अंकले घटेको छ ।







