काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर १७८ पुगेको छ । यसैगरी डिजेल र मट्टीतेलको मूल्य १२ रुपैयाँले बढेर १६५ पुगेको छ ।
एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । एलपी ग्याँस अहिले प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्री भइरहेको छ । अर्थमन्त्रीले प्रतिवद्धता जनाएअनुसार इन्धनमा लाग्दै आएकाे १० रुपैयाँ पूर्वाधार कर नघटाएपछि निगमले इन्धनको मूल्य बढाएको हो । घाटा बढेर भारतीय आयल कर्पाेरेसन (आईओसी)लाई बुझाउनुपर्ने बक्याैता रकम बढेपछि निगमले मूल्य बढाएकाे हाे ।








