काठमाडौं – बुधबार उत्साहपूर्ण हिसाबले बढेको बजार बिहीबार फेरि घट्यो । यसले लगानीकर्ताको मनोबल निकै कमजोर रहेको देखाउँछ । बजारको उत्साह फेरि टिक्न सकेन । नेप्से सूचक १७.५८ अंकले बढेको छ । यससँगै सूचक २०६२.८६ विन्दुमा अडिएको छ । १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
२२९ कम्पनीको ४१ लाख ५६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक राता भएका छन् । ६ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा कुमारी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अरुण काबेली पावर परेका छन् ।







