काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मार्जिक प्रकृतिको सेयर धितो कर्जामा पुनरावलोकन गर्न छलफल भइरहेको बताएका छन् । बोर्डको ३०औँ वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै बोर्ड अध्यक्ष हमालले राष्ट्र बैकसँग समन्वयन गरेर मारजिन प्रकृतिको सेयर, धितो कर्जाको व्यवस्था पुनरावलोकन गर्ने बताए । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा पुनरावलोकन गर्दै लगानीकर्ताको गतिरोध अन्त्य गर्न जरुरी छ ।” उनले भने, गतिरोध अन्त्यका लागि राष्ट्र बैंकसँग छलफल भइरहेको छ, वित्तीय क्षेत्रका नियमनकारी निकायबीच समन्वयन भई एक ठाउँमा आउन जरुरी छ ।
उनले अन्तर्रास्ट्रिय द्वन्द्व, इन्धनको मूल्यवृद्धि, तरलता अभाव ब्याजदर वृद्धिजस्ता कारणले बजारमा दबाब भइरहको र सेयर बजार घटेको बताए । लगानीकर्ताको समस्या कोर्ड जानकार रहेको र समाधानका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
बोर्डले तल्काल, गर्नुपर्ने, मध्यकालीन र दीर्घकालीनरूपमा गर्नुपर्ने काम छुट्याएको बताए । “चार महिनाभित्र नेप्सेमा एसएमई प्लेटफर्म, वैदेशिक रोजगारीमा गएकालाई आईपीओ आरक्षण गैरआवासीय नेपालीले चार महिनाभित्र सेयर कारोबार गर्न पाउनेछन् ,” उनले भने, “मध्यकालीन रूपमा गर्नुपर्ने कार्यमा बोर्डको स्वायतता, अटोमेटिक सर्वलेन्स, नयाँ औजार, वस्तु विनिमय बजार, प्राइभेट इक्युटी र भेञ्चर क्यापिटलजस्ता औजार कार्यक्रम कार्यान्वयन हुनेछ ।
यसैगरी, बुक बिल्डिङलाई अटोमेटिक सिस्टम इलेक्ट्रोनिक अक्सन सिस्टममार्फत प्रभावकारी र पारदर्शीरूपमा वास्तविक क्षेत्रका काम्पनीलाई बजारमा भित्र्याउने बताए । यस्तै, बजेटमा समावेश, एक अर्बभन्दा बढी पुँजी भएका, पाँच अर्बभन्दा बढी वार्षिक कारोबार भएको, पाकृतिक स्रोतको उपयोग गर्ने, र सरकारको सहुलियत, अनुदान लिएका कम्पनीलाई पुँजी बजारमा ल्याउने वातावरण तयार गर्ने बताए ।







