काठमाडौं- सेयर बजार निरन्तर घट्दै २१ सय विन्दु भन्दा पनि मुनि आएको छ । नेप्से सूचक ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सबै समूह राताम्य भएका छन् । कमजोर कम्पनीमात्र होइन, सबल वित्तीय सूचक भएकै कम्पनीहरुको मूल्य पनि यसबीचमा ७०% भन्दा बढीले घटिसकेको छ ।
नियामक निकायहरुले बजार सुधार र आधुनिकीकरणका नयाँ र भरपर्दा कार्यक्रम ल्याउन जरुरी देखिएको छ । आम लगानीकर्ता पनि बजारप्रति सकारात्मक हुन आवश्यक छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुनुपर्ने विश्लेषकहरु बताउँछन् ।
२२६ कम्पनीको ३८ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र हिमालयन डिष्टिलरी परेका छन् ।

Comments