काठमाडौं – साताको तेस्रो कारोबर दिन बुधबार पनि सेयर बजार घटेको छ । सोमबार र मंगलबार उच्च अंकले घटेको बजार आज पनि सामान्य अंकले घटेको हो। आज सेयर बजार मापक नेप्से परिसूचक ७ दशमलव २१ अंकले घटेर २१३० दशमलव ७१ बिन्दुमा झरेको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएयता बजार निरन्तर घटिरहेको छ । आज ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १ दशमलव १७ अंकले घटेर ४१४ दशमलव ४७ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच भएको छ ।आज कारोबार रकम पनि सोमबार र मंगलबारको तुलनामा घटेको छ । आज एक अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।
कुल १३ उपसमूहमा ३ वटा समूह मात्र सकारात्मक देखिएको छ । बाँकी १० उपसमूह राताम्य बनेको छ ।







