काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
यस्तै अर्थमन्त्री शर्माले संसदमा आर्थिक विधेयक २०७९ पेश गर्ने समेत सम्भावित कार्यसूची रहेको छ ।
बजेट पेश गर्नुपूर्व सरकारको नीति तथा कार्यक्रम संसदले बहुमतले पारित गरिसकेको छ । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको नीति तथा कार्यक्रम शनिवार बहुमतले पारित गरेको छ ।







