काठमाडौं- साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ। शुक्रबार सेयर बजार १५.८२ अंकले घटेर २ हजार २२३.७८ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्व २९ करोड ८९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा प्रभु बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको १७ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ सय ४७ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यसपछि क्रमश : मेगा बैंक र अरुण काबेली हाइड्रोपावरको कारोबार भएको छ।
शुक्रबारको कारोबारमा १३ वटै उपसूचकमध्ये होटल्स तथा पर्यटन उपसुचक बढेको छ भने बाँकि सबै उपसुचक घटेका छन्। आजको कारोबारमा रुरु जलबिद्युत परियोजना र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्। यस्तै, दिब्यश्वोरी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।







