काठमाडाैं – मंगलबार बढेको नेप्से बुधबार पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से का अनुसार आज नेप्से १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.४२ अंकले बढेर ४३५.०९ अंकमा पुगेको छ । आज नेप्से बढेपनि मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । आज कुल २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ सेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रूपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज कारोबार भएका १३ वटै उपसमूहममा हरियाली छाएको छ ।







