काठमाडौं- सेयर बजारमा गिरावट आउनेक्रम बिहीबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चुनावपछि खुलेको बजारले सकारात्मक लय समाउन सकेको छैन ।
२१९ कम्पनीको ३७ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा प्रभु बैंकको संस्थापक सेयर १२ करोड ८१ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया लघुवित्त संस्थापक सेयर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।
Comments
Source:
smart akshyar media







