Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कामीरिता आफ्नै कीर्तिमान तोड्दै पुनः सगरमाथाको शिखरमा

Sunday, May 8, 2022
कामीरिता आफ्नै कीर्तिमान तोड्दै पुनः सगरमाथाको शिखरमा
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् ।

शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा बनाउने टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेको उनको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स एन्ड एक्सीपिडिसन प्रालिले जानकारी दिएको हो ।

काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कामीरितासहित ११ जना नेपाली शेर्पाहरुको समुहले शनिबार बेलुकी ६ः५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेको बताए । मिङमा शेर्पाले जानकारी गराएअनुसार विश्व कीर्तिमानी आरोही कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए । कीर्तिमानी आरोही कामीरितासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शनिबार साँझ शिखरमा पुगेको हो ।

Order Cake Order Cake Order Cake

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ सन् २०१८ मा २२औं पटक सगरमाथा आरोहण गरी कीर्तिमान राख्न सफल अर्का आरोही आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

अर्का आरोही आप्पा शेर्पाको कीर्तिमान तोडेका कामीरिताले त्यतिबेला पनि आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताएका थिए । त्यसपछि उनले २३औं, २४औं र २५औं पटक सगरमाथाको शिखर चुमेर आफ्नै कीर्तिमान तोड्दै अघि बढिरहेका थिए । अहिले पुनः उनले २६औं पटक सगरमाथाको शिखरमा पुगेर नयाँ कीर्तिमान कामय गराएका हुन् ।
यो नयाँ रेकर्डसँगै १३ मे सन् १९९४ मा पहिलोपटक सगरमाथाको शिखर चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

सगरमाथा आरोहणको उत्कृष्ट मौसम तथा अनुकूल समय यसपटकको वसन्त ऋतुको हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार साँझ कामीरितासहित ११ जना शेर्पाको समूह सगरमाथा चुचुरोमा पुगेको हुन् । यो सफलता सँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय आरोही कामीरिताले २६औं पटक सगरमाथा चुमेर आफ्नै २५औं पटकको विश्व कीर्तिमान तोडेका हुन् ।

अब कामीरितासहित यी सबै शेर्पाको समूह आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने सेभेन समिट ट्रेक्स एन्ड एक्सीपिडिसनले जनाएको छ । कामीरिताको यो नयाँ कीर्तिमानबारे पर्यटन विभागले अहिलेसम्म आधिकारिक जानकारी गराएको छैन । विभागले अब यही सेभेन समिट ट्रेक्स एन्ड एक्सिपिडिसनको प्रमाणलाई आधार बनाएर नयाँ रेकर्ड कायम भएको मान्यता दिएर डिनिजबुकमा पठाउनेछ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki