Wednesday, April 15, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नेपाल राष्ट्र बैंकद्वारा भुक्तानीसम्बन्धी कार्य गर्नेसंस्थाहरूको नाममा परिपत्र जारी

Tuesday, May 3, 2022
नेपाल राष्ट्र बैंकद्वारा भुक्तानीसम्बन्धी कार्य गर्नेसंस्थाहरूको नाममा परिपत्र जारी
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं – वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकद्वारा परिपत्रमा भनिएको छ, ‘अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ । विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुठो ठहरिएमा कानुनबमोजिम सहुँला, बुझाउँला भन्ने बेहोराको विद्युतीय रूपमा स्व. घोषणा गर्न लगाउनुपर्नेछ ।

यसैगरी, राष्ट्र बैंकले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो ।

Order Cake Order Cake Order Cake

संशोधनअनुसार सामान्यतयाः क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन । तर, अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन ।

केन्द्रीय बैंकले क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । सो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

क्रेडिट कार्डबाट रकम झिक्न र बैंक खातामा ट्रान्सफर गर्न कडाइ गर्दै क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ संशोधनमार्फत क्रेडिट कार्डको कारोबारमा थप कडाइ गरिएको हो ।

सामान्यतयाः क्रेडिट कार्डबाट रकम झिक्न पाइँदैन । क्रेडिट कार्डमा भएको पैसा वस्तु तथा सेवा किन्दा भुक्तानीका लागि मात्र प्रयोग गरिन्छ । त्यस्तै, यो पैसा बैंकको खातामा ट्रान्सफर गर्न पनि मिल्दैन ।

अत्यावश्यक अवस्थामा भने ग्राहकले यस्तो कार्डमा लोड भएको रकमको १० प्रतिशतसम्म झिक्न सक्नेछन् ।

बैंकले कार्डमै कर्जाका रूपमा रकम लोड गर्न सक्नेगरी क्रेडिट कार्ड दिएको हुन्छ । व्यक्तिको कर्जा तिर्ने क्षमताको आधारमा बैंकले प्रयोग गर्न सक्ने सीमा यसमा तोकेको हुन्छ । क्रेडिट कार्डले ग्राहकको खर्च क्षमता बढाउँछ । हालसम्म १ करोड २ लाखभन्दा बढी क्रेडिट कार्ड जारी भएका छन् ।

यसैगरी, विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने नियमसमेत नेपाल राष्ट्र बैंकले ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली पनि संशोधन गरेको छ ।

अब मनिचेन्जरले इजाजतपत्र प्राप्त गर्नुअघि राष्ट्र बैंकका नाममा विनियम ७ बमोजिमको नगद धरौटी राष्ट्र बैंकबाट तोकिएको खातामा जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ । अब मनिचेन्जरहरूले आफ्नो दैनिक कारोबारको सम्पूर्ण विवरणको लेखा स्पष्ट खुल्नेगरी राख्नुपर्ने प्रावधान राखेको छ । परिवत्र्य विदेशी मुद्रा तथा भारतीय मुद्राको अवमूल्यन वा पुनर्मूल्यनबाट उत्पन्न हुने सम्पूर्ण लाभ वा हानि मनिचेन्जर कारोबार गर्ने सम्बन्धित कम्पनीकै हुने र सोबापत कुनै किसिमको क्षतिपूर्ति नदिइने गरी संशोधन गरिएको छ ।

आफुले सटही कारोबार गर्दा प्राप्त हुने नगद वा यात्रु चेक जाली वा नक्कली ठहर भएमा सोको सम्पूर्ण जिम्मेवारी मनिचेन्जर स्वयंले लिनुपर्ने विनियमावलीमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र उल्लिखित ऐनअन्तर्गत जारी गरिएका नियम, विनियम, आदेश, निर्देशन, परिपत्र, सूचनाको पालना गर्नु सम्बन्धित मनिचेन्जरको कर्तव्य हुने उल्लेख छ । मनिचेन्जरहरूले खरिद गरेको विदेशी मुद्रा खरिद गरेको दुई कार्य दिनभित्र नै राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा दाखिला गर्नुपर्नेछ । सो दिन सार्वजनिक बिदा परेमा सोपछि कार्यालय खुलेको दिन राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा दाखिला गर्नुपर्ने विनियमावलीमा उल्लेख छ ।

Comments
Share
Source: Smart Akshyar Media

Related Posts

आर्थिक

शेयर बजार साढे ४ अङ्कले बढ्दा ४ अर्ब ९० करोडको कारोबार

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आज नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ
आर्थिक

शेयर बजार ५१ अङ्कले घट्याे, १० अर्ब ४६ करोड रुपैयाँको कारोबार

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि
आर्थिक

दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
आर्थिक

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से आज पनि सोही क्रम निरन्तर
आर्थिक

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा भव्य छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki