काठमाडौं –उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।
उपकारले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, उपकार लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Comments
Source:
smart akshyar







