काठमाण्डौं -बैसाख ५
सेयर बजार ओरालो लाग्नेक्रमले सोमबार पनि निरन्तरता पायाे । नेप्से सूचक ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा आएको छ । १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेले दिनहुँजसो तल्ला विन्दुहरु छोइरहेको छ । जसका कारण बजारमा सेयर भाउ निकै सस्तो भइसकेका छन् । यसबीचमा लगानीकर्ताहरुले बजार पुँजीकरणका आधारमा खरबौं रुपैयाँ गुमाइसकेका छन् । राष्ट्र बैंकको गलत नीतिका कारण सेयर बजार यसरी प्रभावित भएको हो । सेयर बजारलाई नै प्रत्यक्ष असर गर्ने गरी केन्द्रीय बैंकले एकपछि अर्को नीतिहरु जारी गर्यो ।







