आइतवार शेयर बजारमा २९.६० अंकको गिरावट आएको छ । नेप्से परिसूचक २९.६० अंकले घट्दै २ हजार ३८५.६४ विन्दुमा झरेको छ ।
सेन्सेटिभ परिसूचक ५.१२ अंकले घट्दै ४५०.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । २४ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर देखिएको छ ।
आइतवार कुल २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ ।कारोबार रकमका आधारमा आइतवार नेपाल टेलिकमको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरमा किनबेच भएको छ ।







