Wednesday, March 18, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

लयमा फर्कँदै पर्यटन क्षेत्र , व्यवसायीमा खुसी

Friday, April 15, 2022
993
VIEWS
Website Development Website Development Website Development

काठमाडौं-वैशाख २

कोरोना भाइरसको महामारीपछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसायले नयाँ वर्षमा ठूलो राहत पाएको छ । नेपाली नयाँ वर्षको अवसरमा विगत तीन दिनदेखि यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म होटल विदेशी तथा स्वदेशी पर्यटकले खचाखच भरिएपछि होटल व्यवसायीमा खुसी छाएको छ ।

कोरोना भाइरसका कारण लकडाउन हुँदा दुई वर्ष बन्द भएर नोक्सान भएको पर्यटन व्यवसाय लयमा फर्कन थालेपछि र आन्तरिक पर्यटककै भरमा पनि होटल भरिन थालेपछि व्यवसायमा राहत मिलेको हो । यस वर्षको नयाँ वर्षमा यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म शतप्रतिशत होटल विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएका छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए। यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्ने राति बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उनले बताए। चैत मसान्तदेखि वैशाख १ गतेसम्म राति बसेर आज फर्कने पर्यटक धेरै रहेको उनको भनाइ छ । उनका अनुसार दुई साता अगाडिदेखि नै होटल बुक भएका थिए ।

Order Cake Order Cake Order Cake

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे गौरीशङ्कर, धवलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले रानीकोट जान सहज पक्की सडक बनाएपछि पर्यटकको आगमन ह्वात्तै बढेको बताए। उनले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए।

होटल व्यवसायी बकेँले भने, “रानीकोट ऐतिहासिकरूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भरिएका छन्, कोरोनाका बाबजुद पनि यस वर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देखेर पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।”

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीपलाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेका करिब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् ।

उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच भरिएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न तथा नयाँ वर्षका दिन नगरकोटमा बसेर आज फर्कने पर्यटकले यहाँका होटल खचाखच भरिएका पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले जानकारी दिए। हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अवस्था आउने गरे पनि यस वर्ष भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिँदा होटल व्यवसायी उत्साहित भएको उनले बताए।

Comments
Share

Related Posts

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
पर्यटन

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

ताजा अक्षर

हिमाल आरोहण अनुमति सुरु, हालसम्म ५८ जनाले पाए अनुमति

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा
पर्यटन

प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान ठप्प, पर्यटक मर्कामा

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
पर्यटन

सफा हिमाल अभियान: पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा
पर्यटन

आफ्नै रेकर्ड तोड्दै सगरमाथाको चुचुरोमा शेर्पा

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण
पर्यटन

अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki