काठमाडौं,चैत्र २९, स्मार्ट अक्षर
सेयर बजारमा ह्रास आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से सूचक फेरि २४ सय विन्दुमुनि आइपुगेको छ । नेप्से सूचक ३४.७८ अंकले घटेको हो । यससँगै सूचक २३८५.०२ विन्दुमा आएर अडिएको छ । १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सूचक घटेको र टर्नओभर थप ड्राइ हुँदै जाँदा प्राविधिक विश्लेषणको अर्थमा लगानीकर्ताहरुले यसरी सस्तो भएको मूल्यमा आत्तिएर बिक्री गर्न चाहेका छैनन् भन्ने बुझिन्छ । अर्थात् प्यानिक भएर बिक्री गर्नेहरु घटेको यसले संकेत गर्ने प्राविधिक विश्लेषकहरु बताउँछन् ।

घटाएर बिक्री गर्न नचाहनेहरु देखिएका छन् । तथापि, चैत मसान्त भएकाले नयाँ खरिदकर्ता पनि खासै छैनन् । किन भने मसान्तमा बैंकको साँवा–ब्याज भुक्तानीको चटोरो परिरहेको हुन्छ । यस्तै, यही बेला करको तेस्रो किस्ता पनि बुझाउनुपर्ने हुन्छ । तसर्थ, उद्योगी–व्यापारीको ध्यान पनि सेयर किन्ने भन्दा पनि कर र साँवा–ब्याज तिर्नेमै केन्द्रित भएको हुन्छ ।
अब वैशाख लागेपछि बजारमा नयाँ माहोल र उत्साह देखिन सक्ने अवस्था रहेको अनुभवी लगानीकर्ताहरुको भनाई रहेको छ । चुनाव नजिकिंदै गरेको छ । तेस्रो त्रैमासको रिपोर्ट पनि वैखाख लागेसँगै सार्वजनिक हुन थाल्छ । सरकारी खर्च पनि वृद्धि हुने समय आइरहेको छ । यी परिदृश्यहरुमा वैशाखपछि सकारात्मक माहोलहरु बन्न सक्ने अपेक्षा गर्न सकिन्छ ।

Comments