काठमाडौं,चैत्र २१, स्मार्ट अक्षर संम्वाददाताः
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा रोकिएको हो । आइतबार नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा सामान्य वृद्धि भएको छ । आज १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य ९.१२ प्रतिशतले बढेर प्रतिकित्ता १४७० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५९६.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२७७.३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमर्जिङ नेपालको ६३ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको छ ।







