काठमाडौं,चैत्र १८, स्मार्ट अक्षर संम्वाददाताः
नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।
साथै, चैत २० गतेबाट पेट्रोलियम पर्दाथ सबैको बिक्री वितरण बन्द गर्ने महासंघले जनाएको छ । एक महिनादेखि विभिन्न माग राख्दै सम्बोधन गर्न व्यवसायीहरुले कार्यक्रमहरु गर्दै आएका थिए ।
Comments







