काठमाडौं,चैत्र १३ , स्मार्ट अक्षर संम्वाददाताः साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा कारोबार रकम बढ्यो तर नेप्सेमा गिरावट आएको छ । नेप्से परिसूचक ४१ दशमलव ४१ अंकले घटेसँगै २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ। नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ ।
Comments







