काठमाडौं,चैत्र १० , स्मार्ट अक्षर संम्वाददाताः साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेमा गिरावट कायमै देखिएको छ। बिहीबार पनि नेप्से सूचक १६ अंकले घटेको छ। नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ।
यस दिन नेप्से सूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ६.१७ अंकले घटेको छ।
बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ३ अर्ब आथि पुगेको छ। बिहीबार ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ।
बीमा कम्पनीहरुको पूँजी बृद्धिको हल्लाले बिहीबार बीमा कम्पनीहरुमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। ती समूहका अधिकाँश कम्पनीको शेयरमूल्य बढेको छ। जसले गर्दा बिहीबार जीवन बीमा उपसमूहको सूचक २.५४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.०५ प्रतिशतले बढेको छ। अन्य ११ उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।
यस दिन राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने इमर्जीङ नेपालको ९.९९ प्रतिशत, युनाइटेड इदी मर्दिको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत रलाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ।
यसैगरी बिहीबार नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशत, माउन्टेन हाइड्रोको ४.१६ प्रतिशत, मैलुङ्ग गोला हाइड्रोपावरको ४.०७ प्रतिशत र सिनर्जी पावरको ३.९४ प्रतिशतले घटेको छ।
जीवन बिकास लघुवित्त र दुरसञ्चार कम्पनीको लाभांश वितरणको लागि आइतबार बुकक्लोज गर्ने भएकोले बिहीबार सबैभन्दा धेरै शेयर कारोबारको भएको छ। यस दिन जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख र नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोशेशनको ११ करोड ३१ लाख,अपि पावरको १० करोड ३३ लाख र गुराँश लाइफ इन्स्योरेन्सको ८ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।







